सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भट्ट मंगलबार मेलौली आउँदै

बैतडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट यहि भाद्र १९ गते मंगलबार (पर्सि )मेलौली आउने भएका छन। मणिलेक माबि कांणाको ७६ औँ बार्षिकोत्सब तथा अभिभावक दिबसको उद्घाटन गर्न मन्त्री भट्ट मेलौली आउने कार्यक्रम तय भएको जनाईएको छ।

बिद्यालयको ७६ औ बार्षिकोत्सब तथा अभिभावक दिवसमा प्रमुख अतिथिको रुपमा मन्त्री भट्ट आउने बिद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले बताए। कार्यक्रम बिहान ९ बजेदेखि सञ्चालन हुने उनले बताए। मन्त्री भट्टको गृहजिल्ला पनि बैतडी हो। मन्त्री भट्ट जिल्लाको प्रदेश सभा क्षेत्र न.२ बाट निर्बाचित भएका सांसद हुन।आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका भट्ट मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउन लागेका हुन ।

Leave A Reply

Your email address will not be published.