बैतडी -बैतडी दोगडाकेदार गाउँपालिमा २१ र २२ गते सार्वजनिक बिदा दिइएको छ ।
सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा गाउँपालिकाले भदौ २१ र २२ गते गाउँपालिका भर सार्वजनिक बिदा दिएको हो।
सोमबार एक सूचना प्रकाशित गर्दै पालिकाले भदौ २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने बाँकी ठाउँमा आजदेखि गौरापर्व शुरु भएको हो ।
