गौराको अवरशमा मेलौली नगरपालिका–१ मा आज सार्वजनीक बिदा

बैतडी । मेलौली नगरपालिका-०१ मा आज सार्वजनिक बिदा दिएको छ। सुदूरपश्चिमेलीको मौलिक पर्व रुपमा रहेको गौराको अवसरमा वडा कार्यालयले आज सार्वजनिक बिदा दिएको हो।

सोमबार एक सूचना जारी गर्दै वडाले सार्वजनिक बिदा दिएको वडा अध्यक्ष शरद सिह नेगिले बताए। केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने बाँकी ठाउँमा  शुरु भएको हो।

मेलौली भगवती मन्दिरमा लाग्ने गौरा मेलाको आजको दिनलाई स्थानीय भाषमा “खलो छोएको” भनिन्छ। आज खलो छोएर २२ गते समापन गरिने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.