बैतडी । मेलौली नगरपालिका–०७ काँडामा रहेको मणिलेक माध्यमिक बिद्यालयले आफ्नो स्थापनाको ७६ औँ बर्ष मनाउदैछ। आज बिद्यालय प्राङ्गणमा एक कार्यक्रमका बिच ७६ औँ बार्षिकोत्सब तथा अभिभावक दिबस मनाईने बिद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले बताए।
कार्यक्रम बिहान ९ बजेबाट सञ्चालन हुने बिद्यालयले जनाएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भईसकेको प्रधानाध्यापक कलौनीले बताए। कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले गर्ने जनाईएको छ।
मन्त्री भट्ट सोमबार नै बैतडी पुगिसकेका छन। मन्त्री भट्ट मगंलबार आज बिहान मेलौली आउने बताईएको छ। बिद्यालयको बार्षिकोत्सब तथा अभिभावक दिवसमा प्रमुख अतिथिको रुपमा मन्त्री भट्ट आउन लागेका हुन।
मन्त्री भएपछि पहिलो पटक बैतडी आउनु भएका मन्त्री भट्टको सोमबार खोडपेमा स्वागत गरिएको थियो। मन्त्री भट्ट जिल्लाको प्रदेश सभा क्षेत्र न.२ बाट निर्बाचित भएका सांसद हुन।