बैतडी । मेलौली नगरपालिका-०७ मा रहेको मणिलेक माध्यमिक बिद्यालयको स्थापना गर्ने संस्थापक उद्धब बहादुर चन्दको सालिकमा माल्यार्पण गरिएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले अबिर मालाका साथ माल्यार्पण गरेका हुन।
मणिलेक माबिको ७६औँ बार्षिकोत्सब तथा अभिभावक दिवसमा उपस्थित भएका मन्त्री भट्टले कार्यक्रमको उद्घाटन गर्दै बिद्यालयका संस्थापक चन्दको सालिकमा माल्यार्पण गरेको हुन। मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्द, नगर उप–प्रमुख पार्वती बोहरा बिष्टले पनि चन्दको सालिकमा माल्यार्पण गरेका थिए।
यसैगरी पाटन नगरपालिका नगर प्रमुख गौरी सिह रावल, नेपाली कांग्रेस बैतडीका कार्यवहाक सभापति बीर बहादुर बिष्ट, नेपाली कांग्रेस बैतडीका सचिव प्रेम बहादुर चन्द लगायत बिभिन्न अतिथि, मणिलेक माबिका प्रधानाध्यापक, शिक्षक, जनप्रपिनिधिहरु, बिद्यार्थी र केहि राजनितिक दलका ब्यक्तिहरुले पनि बिद्यालयका संस्थापक चन्दको सालिकमा माल्यार्पण गरेका हुन।
भट्ट मन्त्री भएपछि पहिलो पटक बैतडी आउनु भएको हो। मन्त्री भट्ट जिल्लाको प्रदेश सभा क्षेत्र न.२ बाट निर्बाचित भएका सांसद हुन।