कञ्चनपुरको कृष्णपुरमा आज शोक बिदा

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आज शोक बिदा दिएको छ।

नगरपालिकामा कार्यरत पशु विकास अधिकृत गोपालसिंह बोहराको बिहीवार हृदयघातबाट निधन भएको हुनाले आज शोक बिदा दिइएको नगरपालिकाले सूचना मार्फत जनाएको छ। मृतक बोहोरा बैतडीको पाटन नगरपालिका वडा नम्बर १ घर भई हाल कञ्चनपुरको कृषणपुर नगरपालिकामा पशु विकास अधिकृत रही कार्यरत थिए।

Leave A Reply

Your email address will not be published.