मेलौली न्यूज
कार्तिक ०४ बिहीबार,२०७८
बैतडी–समयमै अस्पताल पु¥याउन नसक्दा बैतडीकि एक गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको डीलाशैनी गाउँपालिका ६ थलाल गाउँकी २१ वर्षिया पूजा थलालको समयमै अस्पताल पु¥याउन नसक्दा बाटोमा मृत्यु भएको हो ।
डीलाशैनी गाउँपालिका स्वास्थ्य सँयोजक पुरुषोत्तम नाथका अनुसार बेथा लागेकी पूजालाई कात्तिक १ गते गोकुलेश्वर अस्पताल पुर्याएको थियो । सुत्केरी गराउन गोकुलेश्वर अस्पताल ल्याइएकी पूजाको स्वास्थ्यमा एक्कासि थप समस्या देखिएपछि सोहिदिन राती ११ बजे डडेल्धुरा रेफर गरिएको र अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा समयमै अस्पताल पु¥याउन नसककेर उनको बाटोमै मृत्यु भएको स्वास्थ्य सँयोजक नाथले बताए।
साँझ ७ बजे गोकुलेश्वर अस्पताल पुगेकी पूजाको राति १० बजे पिषाबमा इम्पालनसिया देखिएको र उच्च रक्तचाप समेत भएपछि लोडिङ डोज दिएर ११ बजे राती गोकुलेश्वर अस्पतालले डडेल्धुरा रेफर गरेको थियो । दशरथचन्द राजमार्गको अनराखोलिमा पहिराका कारण सडक अवरुद्ध भएपछि समयमै पूजालाई अस्पताल पु¥याउन नसकिएको पारिवारिक स्रोतको भनाई छ ।
पहिलो सन्तानलाई जन्मदिन लागेकी पूजा समयमै अस्पताल पुग्न नपाउँदा बाटोमै अस्ताएकी हुन् । उमेर नपुगि हुने बिवाहहरुले पनि अहिले किशोरीहरु अकालमै ज्यान गुमाउन बाध्य छिन् ।