बैतडीको मेलौली नगरपालिका–०१ मा गौरा पर्व समापन

बैतडी । मेलौली नगरपालिका-०१ मा रहेको प्रशिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने गौरा पर्ब आज समापन गरिएको छ। मेलौलीका अरु ठाउँमा भदौ ७ गते गौरा पर्व मनाएको भएपनि मेलौली-०१ मा भने आज समापन गरिएको हो।

यहि भदो १९ गतेका दिनबाट सुरु भएको गौरा पर्व आज समापन गरिएको हो। पर्वको अवरशमा वडा न १ ले स्थानीय बिदा दिएको वडा अध्यक्ष शरद सिह नेगीले बताए। भाद्र १९ गते र आज स्थानिय बिदा दिएको उनले बताए।

मेलामा मेलौली नगरपालिका, शिबनाथ गाउँपालिका, पश्चेश्वर गाउपालिका, पाटन नगरपालिका लगायत अन्य ठाउँहरुबाट दर्शनार्थीहरु आएका थिए। मेला सभ्य भब्य रुपमा सम्पन्न भएको जनाईएको छ।

मेलामा गौरामा गाईने/खेलिने खेल, देउडा, भग्गालिङ्ग लगायत खेलिएको थियो।

No description available.

Leave A Reply

Your email address will not be published.