बैतडीको डिलाशैनीका बेपत्ता शिक्षकको अवस्था अझै अज्ञात

बैतडीमा १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ। भदौं ५ गते विद्यालय जान हिँडेका जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो।

बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“ बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरेका छौं। अवस्था अज्ञात छ।”

स्थानीय लटीनाथ आधारभुत विद्यालय अमरखेतमा कार्यरत भदौं ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका हुन्।

शिक्षक बोहराले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेकाले खोला आसपास क्षेत्रमा प्रहरी परिचालल गरिएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो,“ खोलामा खसेको हुनसक्ने भनेर गन्नीगाड,चमेलिया,महाकाली नदी आसपासमा प्रहरी परिचालन गरेका छौं। खोजीका लागि नदी पारी दार्चुला र भारतीय प्रहरीलाई पनि जानकारी गराएका छौं। ”

Leave A Reply

Your email address will not be published.