डडेल्धुरामा मोटरसाइकल दुर्घटना : बैतडीका पन्तको मृत्यु

बैतडी –डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा बैतडीका एकजनाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा पाटन नगरपालिका १ का ५८ बर्षीय खगेन्द्र पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पन्तले चलाएको से. ५ प. २८०३  नम्बरको मोटरसाईकल अनियन्त्रित भई गएराति डेढ बजे दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

स्याउलेबाट बागबजार तर्फ आउँदै गरेको अवस्थामा मोटरसाईकल अनियन्त्रित भई सडक छेउ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.