बैतडीको दोगडाकेदारमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

बैतडी । महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेक नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। न्वालीबाट सिल्लेगडातफै जादै गरेको से३ प ९४९७ नम्बरको मोटरसाइकल खोचलेकस्थित सनातन धर्म मावि नजिकै पल्टिएको हो।

मोटरसाइकल दुर्घटनामा घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका ४ का चालक विकीराम भुल र सोही ठाउँका विनोद भुल रहेका छन्। दुबैजनाको खुट्टामा चोट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.