बैतडीको मणिलेक माविमा विद्यार्थी बेहोस हुने क्रम रोकिएन

बैतडी- बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काणामा अध्ययनरत छात्रा विद्यालयमै बेहोस हुने क्रम रोकिएको छैन् । विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित भएको छ । मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो।
विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक देव दत्त कलौनीले जानकारी दिनुभयो । चार दिन अगाडी देखि छात्र,छात्रामा यो समस्या देखिएको जनाइएको छ ।उहाँले भन्नुभयो,“दैनिक चार र पाँच छात्रामा यो समस्या देखिने गरेको छ । कक्षा ७ देखि १२ कक्षामुनिका छात्र छात्रामा बढीजसो यो लक्षण देखिएको छ । १२ देखि १७ उमेर समूहमा छात्रामा बढी समस्या छ ।”
विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठनकार्य प्रभावित भएको प्रअ कलौनीको भनाइ छ ।एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि लगत्तै देखिन्छ ।
छात्रामा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मी पनि सोधेको उहाँले बताउनुभयो । प्रअ कलौनीले भन्नुभयो,“हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौँ । स्वास्थ्यकर्मीकै सल्लाहअनुसार पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौँ ।”
छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,“यो सामान्य खालको बिरामीको लक्षण हुन ।उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ ।मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्त्वना दिने, मनोबल बढाउने खालका कुरा गर्ने सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गनुर््पर्छ ।”उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन ।

Leave A Reply

Your email address will not be published.