महाकाली नदीमा एक पुरूष बेपत्ता

दार्चुला -दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका एक जना पुरूष महाकाली नदीमा बेपत्ता छन्।

बिहीबार बिहान साढे ७ बजेतिर सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट एक पुरुषले हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता पुरूषमा महाकाली नगरपालिका–१ लास्कुका करिब ४० वर्षीय कालुराम भूल हुन्। उनले के कति कारणले हाम फालेको पनि बुझिएको छैन। बेपत्ता पुरूषको सुरक्षाकर्मी र स्थानीयहरूले नदी किनारमा खोजिरहेका छन्।

अहिले पुलघाट क्षेत्रमा बेपत्ता पुरूष नेपालबाट झोलुङ्गे पुल प्रयोग गरी भारत गइरहेको र भारतपट्टि एसएसबीले पहिचान पत्र मागेको हुनाले उनको साथमा कुनै किसिमको पहिचान पत्र नभएको भन्दै उनलाई नेपाल फर्काएको हल्ला चलेको छ। भारतीय सुरक्षाकर्मीले नेपाल फर्काएपछि बीच पुलबाट महाकालीमा हाम फालेको उनीहरुले बताएका छन्।

Leave A Reply

Your email address will not be published.