बैतडी । मेलौलीमा आज नगर स्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ। मेलौली नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत विकास कार्यक्रम अनुसार नगरपालिकाको सभाहलमा नगर स्तरीय वादविवाद प्रतियोगिता हुन लागेको हो।
“सामाजिक सञ्जाल अभिसाप कि वरदान” शिर्षकमा प्रतियोगिता हुने मेलौली नगरपालिकाले जनाएको छ। प्रतियोगितामा मेलौली नगरपालिका अन्र्तगतका बिद्यालयहरुबाट कक्षा ९ देखि १२ सम्मका अध्ययनरत एक/एक जना छात्र/छात्रा सहभागि हुन पाउने जनाईएको छ। बिद्यार्थीहरुसगं सम्बन्धित बिद्यालयका एकजना शिक्षक उपस्थित हुन पर्ने समेत जनाईएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार सहित र प्रमाणपत्र सहित एकएक थान डायरी कलम प्रदान गरिने जनाईएको छ। यसैगरी दित्तीय हुनेलाई ७ हजार ५५० सहित प्रमाणपत्र सहित एकएक थान डायरी कलम, तृतीय हुनेलाई ५ हजार सहित प्रमाणपत्र एकएक थान डायरी कलम र सान्त्वना हुनेलाई २ हजार सहित प्रमाणपत्र सहित एकएक थान डायरी कलम वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत सपना कार्कीले जानकारी दिनुभयो।