मेलौली नगर स्तरीय वादविवाद प्रतियोगितामा मणिलेक माबिकि सरिता भट्ट प्रथम

बैतडी । मेलौली नगरपालिकाद्धारा आयोजना गरिएको नगर स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार नगरपालिकाको सभाहलमा गरिएको प्रतियोगितामा सम्पन्न भएको हो।

प्रतियोगितामा मणिलेक माबिकि कक्षा १२ मा अध्ययनरत सरिता भट्ट प्रथम भएकि छन। “सामाजिक सञ्जाल अभिसाप कि वरदान” शिर्षकमा गरिएको वादविवाद प्रतियोगितामा भट्ट ४०.५ प्रतिशत अकं ल्याएर प्रथम भएकि हुन। उनले सामाजिक सञ्जाल अभिसाप हो भनि तर्क राखेकि थिईन। प्रतियोगितमा पूर्णाङ्क ५० राखिएको थियो।

No description available.

यसैगरी धर्मघर माबि सलेनाकि कक्षा १० मा अध्ययनरत ज्योती जोशी द्धित्तीय भएकि छन। सामाजिक सञ्जाल अभिसाप हो भनि तर्क गरेकि जोशीले ४०.३ प्रतिशत अकं ल्याईन। दुर्गा माबि खलिगाडकि कक्षा १२ मा अध्ययनरत सरिता जोशि तित्तीय भएकि छन। सामाजिक सञ्जाल वरदान हो भनि तर्क राखेकि जोशीले ३९.६ प्रतिशत अकं ल्याईन भने मणिलके माबिमा कक्षा १२ मा अध्ययनरत भुपेन्द्र भट्टले सान्त्वना स्थानमा चित्त बुझाए। सामाजिक सञ्जाल अभिसाप हो भनि तर्क राखेका भट्टले ३८.१ प्रतिशत अकं ल्याएका थिए।

No description available.

५९ औँ राष्ट्रिय बाल दिवसको अवशरमा माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रछात्रा बिच वादविवाद प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई १० हजार सहित प्रमाणपत्र एक/एक थान डायरी कलम प्रदान गरिएको छ। यसैगरी दित्तीय हुनेलाई ७ हजार ५५० सहित प्रमाणपत्र एक/एक थान डायरी कलम, तृतीय हुनेलाई ५ हजार सहित प्रमाणपत्र एक/एक थान डायरी कलम र सान्त्वना हुनेलाई २ हजार सहित प्रमाणपत्र एक/एक थान डायरी कलम वितरण गरिएको नगरपालिकाले जनाएको छ।

No description available.

कार्यक्रममा मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्द, प्रमुख प्रशासकिय अधिकृत सपना कार्कि, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षक बिद्यार्थीहरुको सहभागिता रहेको थियो। प्रतियोगिताले बिद्यार्थीको बोल्ने शैलिको बिकासका साथै शैक्षिक र तार्गिक क्षमताको बिकास हुने नगर प्रमुख चन्दले बताए ।

No description available.

मेलौली नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत विकास कार्यक्रम अनुसार प्रतियोगिता सञ्चालन गरिएको हो।

Leave A Reply

Your email address will not be published.