बैतडी । मेलौलीमा विपद सम्बन्धि देउडा प्रतियोगिता सम्पन्न भएको छ। मेलौली नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडी अन्तरगत सञ्चालित सुरक्षित नेपाल परियोजनाको संयुक्त आयोजनामा मणिलेक माबिको प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको सामुदायिक प्रशिक्षक रुपक कठायतले बताए।
प्रतियोगितामा नगरपालिकाका सबै वडाबाट महिला पुरुष गरि ६ जनाको समुह र जुनियर रेडक्रस सर्कल मणिलेक माबिको टिम प्रतियोगितामा सहभागि भएका नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले बताए। प्रतियोगितमा मेलौली नगरपालिका-०९ बिशालपुरको टिम प्रथम भएको छ। यसैगरी मेलौली नगरपालिका-०६ को टिम दित्तीय, मेलौली नगरपालिका-०३ को टिम तृत्तीय भएको छ भने बाकि सबै टिम सान्त्वना स्थानमा आएको फिल्ड संयोजक कमला राईले बताए।
प्रथमलाई १० हजार, द्धित्तीयलाई ८ हजार, तृत्तीयलाई ६ हजार र सान्त्वनालाई ४ हजार नगद पुरुस्कार सहित प्रमाणपत्र प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीका सभापति विष्णुदत्त अवस्थीले बताए।
शुक्रबार पञ्चेश्वरमा पनि विपद सम्बन्धी देउडा प्रतियोगिता सम्पन्न गरिएको थियो।