झुलाघाटको पुल मर्मत शुरु,नाका बन्द

भारतंग सीमा जोडिएको बैतडीको झुलाघाटमा रहेको झोलुंगे पूल मर्मत थालिएको छ । महाकाली नदीमाथिको रहेको उक्त पूलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाच्चिएपछि मर्मत थालिएको हो ।
भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमा नाकामा आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि पुलमा आवागमन बन्द गरिएको हो । यसअघि सीमाक्षेत्रमा नेपाल –भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सहमति भएको थियो ।
झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो ।
तत्कालको लागि काम दिने गरी मर्मत हुने पुलमा जोखीम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेला– बेला काम चलाउको लागि मर्मत गरेपनि पूर्ण रुपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुदा सयौँ मान्छेहरु दैनीक जोखीम मोलेर यात्रा गर्न बाध्य छन् ।
झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा चिनिन्छ । झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.