मेलौलीमा कक्षा १२ को ग्रेडबृद्धि परिक्षा अवधिभर मदिरा बिक्रि गर्न नपाईने

बैतडी । मेलौलीमा कक्षा १२ को ग्रेडबृद्धि परिक्षा अवधिभर मदिरा बिक्रि बितरण गर्न नपाईने भएको छ। सोमबार नगरपालीकाले एक सुचना जारी गर्दै मदिरा बिक्रि बितरण तथा सेवनमा रोक लगाएको हो।

भोलीदेखि सुरु हुने कक्षा १२ को ग्रेडबृद्धि परिक्षाको अवधिभर मदिरा बिक्रि बितरण तथा सेबनमा रोक लगाइएको हो। आजबाट लागु हुने गरी यहि असोज १० गते बुधबारसम्मका लागि मदिरा बिक्रि बितरण तथा सेबनमा रोक लगाइएको नगर-प्रमुख भिम बहादुर चन्दद्धारा जारी गरिएको सुचनामा भनिएको छ।

परिक्षा सञ्चालन अवधिभर मर्छले बजार, स्वाखानी बजार, काडाँ बजार, हरिपुर बजार, जिरो पोईन्ट, लामालेक हुदै सलेना बजारसम्म मदिरा बिक्रि बितरण तथा सेबनमा रोक लगाईएको जनाईएको छ।

नगरपालिकाको सुचना नमानि मदिरा बिक्रि बितरण तथा सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिक कारबाहि गरिने जनाईएको छ।

May be an illustration of blueprint, ticket stub and text

Leave A Reply

Your email address will not be published.