बैतडीको पुर्चौडीमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न स्थायी स्टेशन स्थापना

बैतडी । पुर्चौडीमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि स्थायी स्टेशन स्थापना गरिएको छ। मंगलबारबाट पूर्चौडी नगरपालिका-१ हाँट स्थित इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि स्थायी स्टेशन स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिए।

स्थापना भएको स्टेशनबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य समेत शुभारम्भ गरिएको उनले बताए। पूर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमको उपस्थितिमा मंगलबार राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य शुभारम्भ गरिएको छ।

अब पुर्चौडी नगरपालिकाका नागरिकहरुको सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ। राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि सदरमुकाम धाउनु पर्ने नागरिकहरुको बाध्यता अन्त्य भएको नगरप्रमुख बमले बताए।

Leave A Reply

Your email address will not be published.