सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन्। प्रदेश सरकारले जोशीलाई मङ्गलबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो।

२०५८ देखि कैलालीमा अधिवक्ताको रुपमा कार्यरत जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका स्थानीय हुन्। जोशीलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।

Leave A Reply

Your email address will not be published.