बझाङमा ग्याँस पड्केर आगलागी हुँदा पाँच पसल जलेर नष्ट

बझाङमा आगलागी भएको छ। ग्याँस पड्केर आगलागी हुँदा जिल्लाको तल्कोट गाउँपालिका–५ खौला बजारमा दुई घरमा रहेका पाँच पसल जलेर नष्ट भएको स्थानीयले बताएका छन्। उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर आगलागी हुँदा पाँच पसमा क्षति पुगेको हो।

तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब २ः३० बाट सुरु भएको आगलागी ३ः४५ मा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट दुईवटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलभित्र रहेका सामान जलेर नष्ट भएको छ।

आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसलभित्र रहेका सामान जलेको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताए। क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.