बैतडी । नेकपा माओबादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को निधनमा श्रन्द्धाञ्जली सभा कार्यक्रम गरिएको छ। कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका बडुवालको निधनमा बैतडीको खोड्पेमा श्रन्द्धाञ्जली सभा कार्यक्रम गरिएको हो।

नेकपा माओबादी केन्द्र बैतडीको आयोजनामा श्रन्दाञ्जली सभा कार्यक्रम गरिएको नेकपा माओबादी केन्द्र बैतडीले जनाएको छ। माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला स्वास प्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैंजादै गर्दा बाटोमै बिहीबार निधन भएको थियो।

श्रन्दाञ्जली सभामा नेकपा माओबादी केन्द्र बैतडीका नेता कार्यकर्ता सहभागि भएका थिए। बडुवालको फोटोमा माल्यार्पण गरेर श्रन्दाञ्जली प्रकट गरिएको नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य मन्जु बमले बताईन।
