बैतडी । शिबनाथ गाउँपालिका-०२ शर्मालीमा कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा बिस्तार भएको छ। शर्मालीमा रहेको मिलन मोबायल ग्यालरीमा कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा बिस्तार भएको जनाईएको छ।
टाढाका सेवाग्राहीलाई सेवा लिन असहज भएकाले शर्मालीमा शाखा रहित बैंकिङ्ग सेवा बिस्तार गरिएको जनाईएको छ। कुमारी बैंकले दिने सबै प्रकारका सेवा दिईने कुमारी बैंक मेलौली शाखाका प्रबन्धक नरेन्द्र सिह साउदले बताए।
आज एक कार्यक्रममका बिच शाखाको उद्घाटन गरिएको हो। शिबनाथ गाउपालिका अध्यक्ष कर्णसिह साउदले शाखाको उद्घाटन गरेका हुन। सेवाग्राहीले आफ्नै ठाउमा सेवा लिन सकुन भन्ने उदेश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा बिस्तार भएको गाउपालिका अध्यक्ष साउदले बताए।
यसरि आफ्नै ठाउँमा बैकिङ सेवा पाउदा नागरिकहरु खुसि भएका छन।
Sabhie laie sahaj hune vyo congratulations shivnath gaupalika laie