बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिकाले गर्भवती र सुत्केरीलाई रेफर गर्नुपरे यातायात खर्च व्यहोर्ने भएको छ । जटिल समस्याका गर्भवती र सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पतालहरूमा प्रेषण गर्नु परेमा यातायात खर्च गाउँपालिकाले व्यहोर्ने भएको हो ।
पालिका भित्र रहेका बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकीबाट जटिलता देखा परि प्रस्तुति तथा गर्भवतीलाई सुविधसम्पन्न अस्पताल प्रेषण गर्नुे परे यातायात खर्च स्वास्थ्य शाखाबाट भुक्तानी गरिने स्वास्थ्य शाखा प्रमुख रामरागर शाहले बताए ।
खर्चका लागि रेफर गरिएको कागजात, स्वास्थ्य संस्थाबाट लिएको सेवा सम्बन्धि कागजात र एम्बुलेन्सको विल सहित निवदेन स्वास्थ्य शाखामा बुझाउनुपर्ने उनले जानकारी दिए ।
जटिल समस्या देखा परेका गर्भवति तथा सुत्केरीलाई सुविधा सम्पन्न अस्पतालहरुमा पढाउन सकेमा पालिकाभित्र मातृ तथा शिशु मृत्युदरमा कम आउने अपेक्षा गरीएको गाउँपालिका उपाध्यक्ष विना भट्टले बताइन् । आर्थिक अवस्था न्युन भएकाहरुलाई यो कार्यक्रमले सहज हुने उनले जानकारी दिइन् ।
