बझाङका युवक बैतडीको एक होटेलमा मृत अवस्थामा फेला

बैतडीको होटेलमा एक युवक मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ८ स्थित नेपाल-भारत सीमामा पर्ने झुलाघाट बजारको बोहरा होटेलभित्र एक ३३ वर्षिय युवक मृत फेला परेका हुन्।

मृत फेला परेका युवक बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ बुडखोरिका हिक्मत धामी रेहका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनका अनुसार भारतको अलमोडबाट काम गरेर स्वदेश फर्किएका युवक राति बोहरा होटेलमा बास बेसका थिए। बास बसेका युवक राति साढे २ बजेको समयमा होटेलको माथिल्लो तलाको कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रवक्ता खत्रीले बताए।

मृत्युको कारण खुलेको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.