बैतडीमा फरार दुई प्रतिवादी पक्राउ

बैतडी- भ्रष्टाचार मुद्दामा कैद सजाय र जरिवाना सुनाइएका दुई फरार प्रतिवादीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका देवराज कपाडी र सोहि गाउँपालिका ४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेका छन्।
उनीहरू दुबैजनालाई जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो।
२०७६ मा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विषेश अदालतले कपाडीलाई ३०हजार ९५० रूपैयाँ जरिवाना र ४ महिना कैद सजाय तथा भण्डारीलाई १६ हजार ५५० रूपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको थियो।
अदालतको फैसलापछि दुबैजना फरार सूचीमा रहेकोमा पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
कपाडी जस्लिङ आधारभूत विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष र भण्डारी बटैराज आधारभूत विद्यालयका शिक्षक रहेका बेला भष्टाचार गरेको लागेको थियो।

Leave A Reply

Your email address will not be published.