बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प

बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव३ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका  प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए ।
उक्त भूकम्पको धक्का बैतडीसहित सुदूर पहाडमा धक्का महसुस गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.