दार्चुलामा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

दार्चुलामा मिनी ट्रक दुर्घटना भएको छ। कैलालीको धनगढीबाट खाद्यान्न बोकेर गएको ट्रक आज ९बिहीबार० बिहान दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको दुहु गाउँपालिका–२ तर्फ गइरहेको से।१ ख १२५२ नम्बरको ट्रक सडकबाट करिब दुई सय ५० मिटर तल राताकाठा भिरमा खसेको हो।

सवारी चालक भने अहिले फरार छन्। उनको खोजी भइरहेको छ। दुहु गाउँपालिका–३ ब्रहमदेबका करिब ४०र४५ वर्षीय करनसिंह बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको कमान्डमा ७ जना प्रहरी खटिएका छन्। दुर्घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.