पञ्चेश्वर -१ मा पसल अनुगमन म्याद नाघेका र अखाद्य वस्तु नष्ट

बैतडी- जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं -१मा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा अनुगमन समितिले शुक्रबार पञ्चेश्वर गाउँपालिका वडा नं १ भित्र रहेका खाद्यान्न पसल अनुगमन गरेको छ ।
अनुगमन समितिका संयोजक एवं वडा नं -१ का वडाध्यक्ष दिवान राम सार्की नेतृत्वको टोलीले पञ्चेश्वर गाउँपालिका वडा नं १ मा रहेका खाद्य पसल ,किराना पसलहरु अनुगमन गरी म्याद नाघेका र अखाद्य बस्तुहरु नष्ट गरेको अनुगमन समिती सदस्य एंव पञ्चेश्वर स्वास्थ्य चौकी इन्चार्ज शुरेश सार्कीले बताउनुभयो ।
यस्तै सामान खरिद गर्दा म्याद हेरेर मात्रै खरिद गर्न आम उपभोक्ताहरुलाइ सुझाव दिइएको उनले बताउनुभयो। अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई यथासिघ्र दर्ता गर्न सल्लाह दिईएको अनुगमन समिती संयोजक एबं वडा नं १ अध्यक्ष दिवान शार्किले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.