भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट पुल दसैँ अगाडी नखुल्ने

भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट पुल दसैँ अगाडी नखुल्ने भएको छ । ४५ दिनको ठेक्का लिएर असोज ९ गतेदेखि काम सुरु गरेको भारतीय निर्माण कम्पनीले दसैँ अगाडी निर्माण सम्पन्न नहुने जनाएको छ । निर्माण कम्पनीले एक महिनाभन्दा बढी समय लाग्ने बताइसकेको र दसैँ अगाडी पुल पूर्णरुपमा खोल्न नसकिने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले जानकारी दए । यद्यपी समय तालिक अनुसार आवतजावतका लागि पुल खुला भइरहकाले धेरै प्रभाव नपर्ने उनको भनाए छ ।

बिहान सवा ६ बजे खुल्ने पूल बिहान पौने ९ बजे बन्द गर्ने गरिएको छ । त्यसपछि दिउसो १ बजे पुल खोलेर २ बजे बन्द हुन्छ । त्यसपछि पनि ४ बजे खोलेर राती सवा ७ बजे बन्द गर्ने गरिएको छ । जीर्ण बनेको झुलाघाटको पुलका सबै काठ फ्ल्याक र फलामका सबै रड बदल्ने कार्य जारी रहेको छ ।

एक सय वर्ष पहिले भारतले निर्माण गरेको झुलाघाट पुल जीर्ण बनेको थियो । काठहरु कुहिएका थिए भने फलामका रडहरु पनि खिया लागेका थिए । अहिले काठ र फलाम फेरिन लागिएको छ । सबै काठ र फाल बदल्ने कार्य जारी रहेको झुलाघाट प्रहरी चौकीका इन्चार्ज, प्रहरी सहायक निरिक्षक जय सिंह भाटले जानकारी दिए ।

पूर्व निर्धारित समय अनुसार पूल खोल्ने र बन्द गर्ने कार्य भइरहेकाले दसैँका लागि घर फर्किने नेपालीहरुमा धेरै प्रभाव नपरेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.