नेपाल दलित मुक्ती मोर्चा बैतडीको अध्यक्षमा लक्षिराम लुहार चयन

बैतडी । नेपा कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ती मोर्चा बैतडीको जिल्ला भेला सम्पन्न भएको छ। मोर्चाका अध्यक्ष लक्षिराम लोहारको अध्यक्षता, माओवादी केन्द्र बैतडीका इन्चार्ज राम प्रशाद तिमिल्सीनाको प्रमुख आतिथ्यतामा पाटन नगरपालिकाको महिला विकास हलमा बिहीवार भेला सम्पन्न भएको हो।

सो कार्यक्रममा नेपा माओवादी केन्द्र बैतडीका जिल्ला संयोजक शंकर भण्डारी, नेपाल दलित मुक्ती मोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत बिक बिशिष्ट अतिथि रहेका थिए। भेलाले जिल्ला समन्वय समिति गठन प्रकृया अगाडी बढाएको नेपाल दलित मुक्ती मोर्चा बैतडीका संयोजक लक्षिराम लोहारले बताए।

बिहीबार बसेको भेलाले संयोजक र सचिव मात्रै चयन गरेको र केहि दिनमै समितिलाई पूर्णता दिइने उनले बताए। भेलाबाट लक्षिराम संयोजकमा चयन भएका हुन् भने हरिलाल बिकलाई सचिवमा चयन गरिएको छ। मोर्चाको ३९ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिने बताइएको छ। २०५८ सालमा गठन भएको नेपाल दलित मुक्ती मोर्चा बैतडीले दलित समुदायले भोग्दै आएका समस्या र उत्पीडनका विरुद्धमा आवाज उठाउदै आएको छ।

साथै विभिन्न कालखण्डमा उत्पीडनमा परेका व्यक्ती, समुदायको पक्षमा वकालत गरेर न्याय दिलाउने काम समेत गर्दै आएको संयोजक लोहारले बताए। अगामी दिनमा पनि मोर्चा दलित समुदायका हरेक समस्याका समाधान गर्ने तर्फ सधै लागि पर्ने उनले बताए।

Leave A Reply

Your email address will not be published.