मेलौलीमा बाल विवाह अन्त्यका लागि रणनैतिक योजना निर्माण बैठक सम्पन्न

बैतडी- बैतडीको मेलौली नगरपालिकामा बाल विवाह अन्त्यका लागि नगरस्तरिय रणनैतिक योजना निर्माण बैठक सम्पन्न भएको छ ।
रणनीतिक कार्ययोजना निर्माणका लागि नगरभित्रका जनप्रतिनिधि र सरोकारवाला सँग छलफल गरिएकोे युएनएफपीएको सहयोग र भिएसओ, पिसविनको सयुक्त साझेदारीमा शुक्रबार बैठक सम्पन्न भएको बैतडीका जिल्ला कार्यक्रम अधिकृत कृष्ण दत्त भट्टले जानकारी दिनुभयो ।
सरोकारवालाहरुले बालबिबाह अन्त्य गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्ने बारेमा तयार पारेको खाका माथि छलफल गरी रणनैतिक कार्ययोजना बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा बालविवाहलाई न्यूनिकरण गर्न विश्व नै चेतनशील भएका र यसलाई नियन्त्रण गर्न विभिन्न क्षेत्रबाट प्रयास भईरहेको मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो ।
मेलौली नगर क्षेत्रमा यसलाई अन्त्य गर्न हामी विभिन्न संघ संस्था मार्फत गाँउ घरमा गएर जनचेतना मुलक कार्यक्रम संचालन गर्दै यसलाई उन्मुलन गरौ भन्ने उद्देश्यका साथ कार्य गरिने उनले बताए ।
तत्कालै बाल विवाहलाई न्यूनिकरण गर्न गाह्रो रहेको र यसलाई क्रमिक रुपमा अन्त्य गर्न सकिने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताउनुभयो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य ,शाखा प्रमुख प्रमुख एवम सरोकारवाला लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मेलौली नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेभ मोहन सिंह भाटले कार्यक्रम संचालन गर्नुभएको भएको थियो ।

Leave A Reply

Your email address will not be published.