बैतडीमा तिन पालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी एउटै ब्यक्तिलाई

बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई डिलाशैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ। यो संगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवस्थीलाई तीन पालिका हेर्ने जिम्मेवारी दिएको छ ।

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत अवस्थीलाई केही दिन अघिमात्रै सिगास गाउँपालिकाको जिम्मेवारी समेत तोकिएको थियो। शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदा सम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ।

बैतडीका गाउँपालिकाहरुमा भदौमा खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतहरुको २० दिन नपुग्दै सरुवा गरेपछि अहिले पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् ।

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवस्थीलाई सुर्नयासंगै सिगास र डिलाशैनी गाउँपालिकाको थप जिम्मेवारी प्राप्त भएको छ। एकै जनालाई तीन÷तीन ओटा गाउँपालिकाको जिम्मेवारी बहन गर्दा समस्या हुने बताइएको छ।

 

Leave A Reply

Your email address will not be published.