बैतडीमा मंसिर १६ गतेदेखि बिडिसिए कप हुदै

बैतडी -बैतडीमा मंसिर १६ गतेदेखि विडिसिएक कप आयोजना हुने भएको छ । जिल्लामा रहेका १३ सक्रिय क्लबहरुलाई समेट्दै जिल्ला क्रिकेट संघले बिडिसिए कपको आयोजना गर्न लागेको हो ।

शहीद दशरथचन्द खेलमैदानमा नागार्जुन क्रिकेट क्लब, कालशैनी क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, प्रतिष्ठान, एनआरवाईसी बठ्ठा र पंचकोटी क्रिकेट क्लबहरुबीच खेल हुने छ ।

त्यसैगरी पाटन खेलमैदानमा निङ्लासैनी क्रिकेट क्लब, नवजागृति क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, यौंगस्टार क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब र पाटन क्रिकेट क्लबकाबीच प्रतियोगिता हुने भएको छ ।प्रतियोगिताबारे थप जानकारी सामाजिक सञ्जालबाटै दिइने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.