बैतडी-दशैंतिहारको अवसर पारेर बैतडीमा दुई क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ। कात्तिक २ गतेदेखि दोस्रो संस्करणको बाशुलिङ्ग प्रिमियर लिग (बिपीएल ) र कात्तिक १० गतेदेखि पाटन प्रिमियर लिग (पिपिएल ) को तेस्रो संस्करण हुने भएको हो ।
पाटन क्रिकेट क्लबको आयोजनामा हुने पिपिएल–३ का खेलहरू श्रीकृष्ण मावी पाटनको खेलमैदानमा सञ्चालन हुनेछन् ।
विजेता टोलीले १ लाख ११ हजार १११ र द्वितीय पुरस्कार ५५ हजार ५५५ पाउने पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो।
बिगतका दुई वटै सिजन टेनिस बलले प्रतियोगिता गराइएकोमा यो वर्ष ड्युज बलले खेलाइने जनाएको छ।
यस्तै बाशुलिङ्ग क्रिकेट क्लवको आयोजनामा हुने (बिपीएल ) सिजन टू का खेलहरू सिद्धखाली खेलमैदान सतबाँझमा हुनेछन् ।
प्रथम हुने टिमलाई ३५ हजार र दोस्रो हुने टोलीले १८ हजार पुरूस्कार पाउनेछ।दुईवटै प्रतियोगितामा सहभागिता हुन चाहने टोलीका लागि दर्ता खुल्ला गरिएको छ।
प्रतियोगिताहरूले बैतडीको क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।