बैतडी-६८ औँ प्रहरी दिवसको अवसरमा बैतडीमा १३ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रवक्ता खत्रीका अनुसार १ जना प्रहरी निरीक्षक, ३ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, वरिष्ट हबल्दार १ जना, प्रहरी हबल्दार २ जना , प्रहरी सहायक हबल्दार ३ जना र २ जना प्रहरी जवान गरि १३ जना प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् । उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयाे ।
प्रहरी कर्मचारीहरुलाई नगद सहित पुरस्कृत गरिएको बताइएको छ । जिल्ला प्रहरीक कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आथित्यतामा प्रहरी दिवस कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रहरी दिवस कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो । प्रहरी संगठनको स्थापना भएको दिनको समझनामा देशभरि जस्तै ६८ औँ प्रहरी दिवस बैतडीमा पनि मनाइएको हो ।