बैतडी । बैतडीको मेलौलीमा ट्रयाक्टर दुर्घटनामा परि घाईते भएकाहरुलाई थप उपचारका लागि रेफर गरिएको छ। मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा समान्य उपचार पछि रेफर गरिएको जनाईएको छ।
ट्रयाक्टर चालक कैलालीका नारायण चौधरीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेफर गरिएको छ। कैलालीको घोडाघोडीका भुवन सिंह थापा र बैतडीको दोगडाकेदार गाउँपालिका-५ का गगन सिंह कार्कीलाई धनगढी रेफर गरिएको प्रहरीले जनाईएको छ।
मेलौलीको भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्रयाक्टर आज विहान करिब ८ः ३० बजेतिर दुर्घटनामा परेको थियो। मन्दिरको गेट निर्माणका लागी समान लैजादै गरेको ट्रयाक्टर दुर्घटनमा परेको हो।