दशैंको मुखमा ट्रयाक्टर दुर्घटना, जोगियो ३ जनाको ज्यान

बैतडी । नेपालि हरुको माहान चाडं बडा दशैं आउन अब केहि दिनमात्र बाकि छ। यत्तिबेला दशैंको चहल पहल गाउँदेखि शहरसम्म ब्यापक रुपमा बढेको छ। पहाडी जिल्लाका सडकहरुमा चाडबाड सुरु भएसगै बर्षौपिच्छे सडक दुर्घटना हुने क्रमपनि बढ्दो मात्रामा रहेको छ।

प्रायः दुर्घटनाहरु क्षमताभन्दा बढि यात्रु बोक्ने, कच्चि सडक हुनु, सवारी साधनको समयमै मर्मत नहुनु र मदिरा सेवन हुने गरेका छन। चारैतिर दशैंको चहल पहल बडिरहदा मंललबार बिहानै मेलौलीमा ट्रयाक्टर दुर्घटनामा पर्यो।

मेलौलीको भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्रयाक्टर विहान करिब ८ः ३० बजेतिर दुर्घटनामा परेको थियो। मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो।

ट्याक्टर दुर्घटनामा परे लगत्तै स्थानिय र प्रहरीको सकृयतामा घाईतेहरुको उद्धार गरि मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा लागि लगिएको थियो। मेलौलीमा घाईतेहरुको उपचार सम्भव नभएपछि थप उपचारका लागि रेफर गरिएको छ।

ट्रयाक्टर चालक कैलालीका नारायण चौधरीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेफर गरिएको छ भने कैलालीको घोडाघोडीका भुवन सिंह थापा र बैतडीको दोगडाकेदार गाउँपालिका–५ का गगन सिंह कार्कीलाई धनगढी रेफर गरिएको प्रहरीले जनाईएको छ।

दुर्घटनामा परेका सबै जानाको ज्यान जोगिए पछि परिवार खासै निरास भएका छैनन् तर दशैको बेला घटेको यो दुर्घटना भने दुखद रहेको सबैको भनाई रहेको छ। गडिमा यात्रा गर्दा होस या कुनै समान ढुवानी गार्दा सावधानि अपनाउनु पर्ने भनाई रहेको छ।

Leave A Reply

Your email address will not be published.