मेलौली -३मा करेन्ट लागेर १७ वर्षिया किशोरी घाइते

बैतडी– बैतडीमा करेन्ट लगेर एक किशोरी घाइते भएकी छिन् ।जिल्लाको मेलौली नगरपालिका वडा नं ३ बागगोठ बस्ने करन बागकी छोरी १७ वर्षिया कमला बाग मंगलबार करेन्ट लागेर घाइते भएकी हुन् ।

दिउँसो साढे २ बजेको समयमा वडाकै बागगोठ जंगलमा बाख्रा चराउन गएका बेला चुंडिएर लत्रिएको बिजुलीको तार छुँदा उनी करेन्ट लागेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवंम् प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

घाइते किशोरीको नाक,मुख, हात र खुट्टामा जलेको बताइएको छ । किशोरीको अहिले केशपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भैरहेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.