दशैँको टीकासम्म पानी पर्ने सम्भावना नभएको मौसमविद्को भनाई

यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँको टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एकरदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ । बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ ।

Leave A Reply

Your email address will not be published.