प्रशिद्ध उदयदेब महाराज देबताको मन्दिरमा भोली राति मेला लाग्दै

बैतडी । प्रशिद्ध उदयदेब महाराज देबताको मन्दिरमा भोली राति मेला लाग्दै छ। शिबनाथ गाउपालीका–०५ कफाडिमा अवस्थीत उदयदेब महाराज देबताकि जाँत भोली राति रतेडि मेला लाग्ने जनाईएको छ।

बिजया दशमिको पुर्ब सन्ध्या तथा माहाअष्टमिको राति रतेडि र नवमीका दिन लाग्ने दिउसेडि मेलामा रागाँ बोकाको बलि दिने गरिन्छ। स्थानिय भाषामा (कफाडिकि जाँत) भनेर चिनिने मेलाको तयारी पुरा भईसकेको उदयदेब महाराज धार्मिक सेवा समितिका अध्यक्ष अरुण चन्दँले बताए।

मेलामा तल्लो स्वाराड क्षेत्रका तिनै पालिका मेलौली नगरपालीक, शिबनाथ गाउँपालीका र पञ्चेश्वर गाउँपालीकाबाट रागा बोका सहित देउरा आउने जनाईएको छ। यसैगरि पाटन नगरपालिका, दशरथचन्दँ नगरपालिका, दार्चुलाको गोकुलेश्वर लगायत छिमेकि राष्ट्र भारतबाट समेत मेलामा देउरा र दर्शनार्थी आउने गरेको वडा अध्यक्ष केशब बहादुर चन्दँले बताए।

मेला हेर्न र देबताको दर्शन गर्न टाढाबाट दर्शनार्थीहरु समेत आउने गरेको छन। उदयदेब माहाराज देबताको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र नि(सन्तान दम्पतीलाई सन्तान प्राप्ती हुने धार्मिक बिश्वास समेत रहेको वडा अध्यक्ष चन्दँले बताए।

उदयदेब देबताको मन्दिरमा असोज नबरात्रा, चैत नबरात्रा, फागुन, जेठ, पुस महिनामा मेला र भाद्र महिनामा गौरा मेला लाग्ने बताईएको छ। असोज नबरात्राको समयमा लाग्ने मेलामा भारतबाट पनि ब्यापारिहर ब्यापार गर्नको लागि पुग्ने गरेको वडा अध्यक्ष चन्दले बताए।

मेलालाई सभ्य, भब्य र शान्त बनाउनु सबैका आग्रह गरिएको छ। मन्दिर क्षेत्रभित्र मदिरा सेबन बिक्रि वितरण तथा ओसार पोसार गर्न, जुवा तास खेल्न खेलाउन, र अन्य अबैध कृयाकलाप गर्न बन्देज गरिएको उदयदेब माहाराज धार्मिक सेवा समितिले जनाएको छ।

मन्दिर क्षेत्र बिकास समितिको निणर्यलाई अवज्ञा गरि मेलालाई बिथोल्ने गतिबिधि गरेको पाईएमा कार्वाही समेत गरिने जनाईएको छ ।

May be an image of text

Leave A Reply

Your email address will not be published.