बैतडी । विषादी सेवनबाट एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ मडै गाउँका ५५ वर्षीय गंगासिंह मडैको तरकारीमा प्रयोग हुने विषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
मडैले शुक्रबार राति साढे ८ बजे विषादी सेवन गरेका थिए। विषादी सेवनबाट बिरामी भएका मडैलाई वडाकै नागार्जुन क्लिनिकमा लगिएको थियो।
तर सामान्य अवस्थामा क्लिनिकबाट घर गएका मडैलाई आज ९शनिबार० फेरी समस्या भएपछि थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।