आज बडादसैँको आठैँ दिन महाअष्टमी पर्व मनाइँदै

बडादसैँ अन्तर्गत आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदैछ ।
बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

आजको दिन शास्त्र सम्मत रूपमा दसैँ घर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिने गरिन्छ ।

सीआईएसँग कुराकानी गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले दसैँमा शक्तिको आराधना गरिने भएका कारण पनि यसको महत्व नघटेको बताउनुभयो ।

आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पूजाआजा गरिन्छ ।

Leave A Reply

Your email address will not be published.