बैतडी । बैतडीको तल्लो स्वराड क्षेत्रअन्र्तगत पर्ने मेलौली नगरपालिका–०१ मा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा नवरात्र मेला सम्पन्न भएको छ। घटस्थाँपनादेखि सुरु भएको नवरात्र मेला आईतबार सम्पन्न भएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ।
नवरात्राको अवधिभर ८४ सेवा (स्या) दर्ता भएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए। नवरात्रको अवधिभर १०३ राँगा र १३६ बोकाको बलि दिईएको उनले बताए।
मन्दिरमा सेवा (स्या) दर्ताबाट १ लाँख २२ हजार २४० रुपैया आम्दानी भएको छ। नवरात्र मेला शान्त र मर्यादित तवरले सम्पन्न गर्नमा भुमिका खेल्ने सबैमा मेलौली धार्मिक सेवा समितिले धन्यबाद ज्ञापन गरेको छ।
बलि सहितको भव्य मेला लाग्ने नवरात्रमा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्छन। मेलामा आएका दर्शनार्थी पुजा पाठ र आफ्नो भाक्कल पुरा गर्ने गरेको जनाईएको छ।
यसैगरी बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पनि जात्रा सम्पन्न भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा लागेको पशु बलिसहितको जात्रा आज सम्पन्न भएको हो ।
महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलि सहित सम्पन्न भएको निङ्गालशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्र बहादुर बोहराले बताए। निङ्गलाशैनी भगवती मन्दिरमा करिब २ सय राँगा र ४ सय बोकाको बलि दिइएको निङ्गालशैनी धार्मीक सेवा समितिले जनाएको छ।