बैतडी । प्रशिद्ध उदयदेब महाराज देबताको मन्दिरमा लागेको मेला (कफाडिकि जाँत) सम्पन्न भएको छ। शिबनाथ गाउपालीका–०५ कफाडिमा अवस्थीत उदयदेब महाराज देबताको मन्दिरमा लागेको मेला सम्पन्न भएको वडा अध्यक्ष केशब चँन्दले बताए।
बिजया दशमिको पुर्ब सन्ध्या तथा माहाअष्टमिको राति रतेडि र नवमीका दिन लागेको दिउसेडि मेलामा राँगाबोका गरि १९१ पशुको बलि परेको जनाईएको छ। माहाअष्टमिको राति १३३ बोका र नवमिको बिहान ५८ राँगाको बलि चलाईएको वडा अध्यक्ष चँन्दले बताए।
स्थानिय भाषामा (कफाडिकि जाँत) भनेर चिनिने मेलाको रौनकता र मौलिकतामा भने कमि आएको छ। मेलामा देखिने गरेको पहिले-पहिलेको जस्तो रौनक भने नरहेको मेलामा भेटिएको दर्शनार्थीहरुले बताए। कोरोना कहर पछि मेलाहरुको रौनकता आधा घटेको भनाई रहेको छ। आजभोलीका मेलामा मान्छेहरुको उपस्थिति र मौलिकता घटेको स्थानिय सस्कृतिका जानकारहरुको भनाई रहेको छ।
पहिलेका मेलामा स्थानिय स्तरमै उत्पादन भएका बिभिन्न समानहरु, फलफुलहरु, खानेकुराहरु देख्न र किन्न पाईन्थ्यो तर आजभोली देखिनै छोडेको मेलामा भेटिएका कमल चँन्दले भने,“ काहि कतै फाटफुट देखिए पनि तिनिहरुको कारोबार नहुने उनले बताए।”
मेलामा लगाउने पुराना दिनको पहिरनमा पनि कमि आएको छ। आधुनिक जमानाका कपडाको तिब्र बिकासका कारण पुराना दिनको पहिरनमा कमि आएको कतिपयको भनाई रहेको छ। यसैगरी स्थानिय परिकारमा पनि कमि आएको देखिन्छ। स्थानिय भाषामा माडा, छाच हालेको चोतो, सेल पुरी जस्ता परिकारको पनि प्रयोग/सेवनमा निकै कमि आएको छ। जङ्गफुड, चाना, चाउचाउ, चाउमिन, दालभात र मासु मेलामै पाईन थालेपछि स्थानिय परिकारहरु लोप हुन थालेको बुडापाखाहरुको भनाई रहेको छ।
मेला शान्त मर्यादित तवरले सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई उदयदेब महाराज धार्मिक सेवा समितिले धन्यबाद ज्ञापन गरेको छ। मेलामा तल्लो स्वाराड क्षेत्रका तिनै पालिका मेलौली नगरपालीक, शिबनाथ गाउँपालीका र पञ्चेश्वर गाउँपालीकाबाट राँगा बोका सहित देउरा आउने गर्छन।
यसैगरि पाटन नगरपालिका, दशरथचन्दँ नगरपालिका, डडेल्धुराको भागेश्वर, दार्चुलाको गोकुलेश्वर लगायत छिमेकि राष्ट्र भारतबाट समेत मेलामा देउरा र दर्शनार्थी आउने गरेको मेला ब्यवस्थापन समितिले जनाएको छ। उदयदेब माहाराज देबताको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र नि–सन्तान दम्पतीलाई सन्तान प्राप्ती हुने धार्मिक मान्यता रहेको छ।
असोज नबरात्रा सगै चैत नबरात्रा, फागुन, जेठ, पुस महिनामा मेला र भाद्र महिनामा पनि उदयदेब माहाराज देबताको मन्दिरमा गौरा मेला लाग्ने बताईएको छ। असोज नबरात्राको समयमा लाग्ने मेलामा भारतबाट पनि ब्यापारिहर ब्यापार गर्नको लागि पुग्ने गरेको वडा अध्यक्ष चन्दले बताए।