बैतडीमा सुरक्षा व्यवस्था कडा, ढुक्क संग दशैँ मनाउन आग्रह

बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व ढुक्क संग मनाउन आग्रह गरेको छ। चाडपर्वका बेला हुनसक्ने घटनालाई ध्यानमा राखेर बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला ढुक्क संग दशैँ मनाउन आग्रह गरेका हो।

विशेष सुरक्षा योजना लागु गेरेर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चाडपर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था मजबुद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

चाडपर्वमा हुने बिकृति रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए। चाडपर्वका बेला हुनसक्ने संम्भावित घटनालाई ध्यानमा राखेर प्रहरीले जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरेको छ। सीमानाका लगायत जिल्लाभरिनै सुरक्षा व्यवस्था मजबुद पारिएको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाबासीलाई ढुक्क संग दशैँ मनाउ आग्रह गरेका हुन्।

जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ। जुवाजन्य खेलहरु, चोरी,सवारी दुर्घटना तथा यात्रुहरु ठगिने संभावना, बैक तथा बित्तीय संस्थाहरु उपर हुनसक्ने संभावित लुटपाटलाइ ध्यानमा राखेर पनि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.