डिलाशैनी गाउँपालिका बैतडीको एक्साभेटर तोडफोड

बैतडी । अज्ञात समूहद्वारा बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरिएको छ । गाउँपालिकाको वडा न।६ को वडा कार्यालय अगाडी राखिएको बा। प्र। ०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

केहि दिन अघिसम्म ग्रामिण कच्ची सडक सफाई गरेको एक्साभेटर अहिले तोडफोड भएको हो ।

अज्ञात समूहले एक्साभेटरको चारैतिरको सिसाहरु, लिभर, स्टाटर लगायतका सामानहरु भाचिँएको र म्यूजीक सिस्टम गायव गरेको छ।  ढुंगा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षती पुगेको छ।

तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच तोडफोडमा संलग्नलाई यथासिघ्र पत्ता लगाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसंग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.