सतबाँझमा सम्पन्न बिपीएल क्रिकेटकाे उपाधि पञ्चकाेटीलाई,आयाेजक पराजित

विजया दशमी २०८० को अवसरमा बैतडीकाे सतबाँझमा आयाेजित दाेस्राे संस्करणको बाशुलिङ्ग प्रिमियर लिग (बिपीएल) क्रिकेट प्रतियोगिता सम्पन्न भएकाे छ। बुधबार सम्पन्न प्रतियोगिताकाे उपाधि दशरथचन्द नगरपालिका १० रातामाटाकाे पञ्चकोटी क्रिकेट क्लवले  हात पारेकाे छ।

फाइनल खेलमा आयाेजक बाशुलिङ्ग क्रिकेट क्लवलाई ३१ रनले  स्तब्ध पार्दै पञ्चकोटीले   उपाधि हात पारेकाे हाे। सुर्नया गाउँपालिका २ स्थित सिद्धखाली खेलमैदानमा टस हारेर ब्याटिङकाे निम्ता पाएकाे पञ्चकाेटीले निर्धारित १५ ओभरमा ८ विकेट क्षतिमा १६४ बनाएकाे थियाे।

जवाफमा आयाेजक बाशुलिङ्ग १४ ओभरमा १३३ रनमा समेटिएकाे पञ्चकोटी क्रिकेट क्लवका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयाे। उपाधिसंगै पञ्चकोटी क्रिकेट क्लवले ३५ हजार ट्रफि, मेडल र प्रमाणपत्र पायाे भने बाशुलिङ्ग क्रिकेट क्लवले  १८ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायाे।

प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी म्यान बाशुलिङ्ग क्रिकेट क्लवका आकाश चन्द  भए। उनले २ हजार ५ सय ट्रफि, मेडल र प्रमाणपत्र पाए। खेलमा उत्कृष्ट ब्याटसम्यान पञ्चकोटीका  अंशु  बुडाल र उत्कृष्ट बलर पञ्चकोटीकै   मुकेश थापा चुनिए।  दुबैलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरियाे। विजेता तथा उपविजेता टाेलीलाई सुर्नया  गाउँपालिका अध्यक्ष  अम्मर बहादुर  कुँवर,सुर्नया वडा नं  २ का वडा अध्यक्ष गणेश बहादुर  विष्टले पुरस्कार वितरण गर्नुभयाे।

बाशुलिङ्ग क्रिकेट क्लवको आयोजनामा कात्तिक २ गतेदेखि शुरू भएकाे प्रतियोगितामा १६ टाेलीकाे सहभागीता रहेकाे थियाे।

Leave A Reply

Your email address will not be published.