बैतडी । भिरबाट लडेर बैतडीको सिगास गाउँपालिका २ कोटेलाका ५० वर्षीय हिरा धामी गम्भीर घाइते भएका छन् । हिरा खोल्टीस्थित पुटुके लुहारको घरबाट कुटो,कोदालो,हसियामा धार लाएर फर्किरहेका बेला बुधबार साँझ गाजरी-धौलाडी भित्री सडकबाट लडेका हुन्।
लडेर हिराको टाउको,घाँटी र घुँडामा चोट लागेको उपचारको लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि मंगलबार जिल्लाको पाटन नगरपालिका ५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द र सोमबार पाटन नगरपालिका ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको पनि भीरबाट लडेर मृत्यु भएको थियो ।