बैतडीमा पिपिएल क्रिकेट शुरु, प्रतिष्ठान र टिम क्वालिटीको विजयी शुरूआत

बैतडीको पाटनमा आइतबार देखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) शुरू भएको छ। पाटन-६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन सहित दुई खेल सम्पन्न भएका छन्।

उद्घाटन समारोह आयोजक पाटन क्रीकेट क्लबका अध्यक्ष किरन चन्दको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख गौरी सिह रावल रहनु भएको थियो। यसैगरी जिल्ला खेलकुद संघका अध्यक्ष चमन कुमार भण्डारी, जिल्ला क्रीकेट संघका अध्यक्ष बिनोद बहादुर चन्द, क्रीकेट संघका प्रदेश उपाध्यक्ष रमेश बोहरा, पाटनका उपप्रमुख कमल सिंह बोहरा लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द स्मृति प्रतिष्ठान विजयी भएको छ। उसले ग्वाल्लेक क्रिकेट क्लबलाई ८२ रनले हराएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो।

प्रतिष्ठानले दिएको १६१ रनले लक्ष्य पन्छाएको ग्वाल्लेक ७९ रनमा समेटियो। उसका तर्कराज जोशीले सर्वाधिक २४ रन बनाए। प्रतिष्ठानका कृष्ण विष्टले ह्याट्रीकसहित ४ र मुकेस मौनीले पनि ४ विकेट लिए ।

त्यसअघि टस जितेर व्याटिङ गरेको प्रतिष्ठानले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनायो। जसमा डम्बर तिरुवाले ५८ रनको अर्धसतकिय पारी खेले। ग्वाल्लेकका भोजराज जोशीले २ विकेट लिए।

प्रतिष्ठानमा तिरुवा म्यान आफ द म्याच चुनिए। यसैगरी दोश्रो खेलमा मेलौली नगरपालिकालाई १२१ रनले स्तब्ध पार्दै टिम क्वालीटी कैलपालले सुखद शुरुआत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको कैलपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर २०० रन बनायो। कैलपालका प्रदीप चन्दले १२० रनको सतकीय पारी खेलेका थिए। यस्तै लोकेन्द्र बहादुर चन्दले ४४ रन हिर्काए।

२०१ रनको विशाल लक्ष पच्छ्याउने क्रममा मेलौली १० ओभरमा ७९ रनमा अलआउट भयो। मेलौलीका अभिशेक पालले ३२ र नरेन भट्टले २७ रन बनाउन बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

कैलपालका लोकेन्द्र बहादुर चन्दले ५ विकेट लिए। सतकीय पारी खेलेका कैलपालका चन्द म्यान आफ द म्याच चुनिए। प्रतियोगिताको दोश्रो दिन सोमबार तीन खेल हुनेछन्। पहिलो खेलमा टिम क्वालीटी कैलपाल र दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्त्रलिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका र ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन्।

१७ टोली सहभागी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave A Reply

Your email address will not be published.